जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधन जलाएर नष्ट गरे, करोडौंको बीमा दाबी पर्ने

१९ पुष २०७८, सोमबार १४:१५

काठमाडौं । सिरहामा जनमत पार्टीका कार्यकर्ताले आधा दर्जन भन्दा बढी सवारी साधनहरु जलाएका छन् । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा किसानलाई पक्राउ गरेपछि सिरहा जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले विरोध स्वरुप बन्द गरेका हुन् । आधा दर्जन भन्दा बढी सवारी साधनहरु नष्ट, करोडौंको बीमा दाबी पर्ने अनुमान गरिएको छ।

बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले आधा दर्जन भन्दा बढी ट्रक तथा बसहरुमा आगजनी र तोडफोड गरेका हुन् । उक्त पार्टीका कार्यकर्ताहरुले हिमालयन सुररमिल्समा उखु पुर्याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका चालकका अुनसार उनीहरुले ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् । मिथिला नगरपालिका–९, धनुषाका साहले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेका थिए ।

साथै पार्टीका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजानी गरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा उनीहरुले बन्द उल्लंघन गरको भन्दै आगो लगाएका हुन् । सो ट्रकको अधिकांश भाग जलेको छ ।

त्यस्तै, सप्तरीको महुली खोला नजिक सो पार्टीका कार्यकर्ताहरुले ना६ख ७६२९ नम्बरको ट्रक पनि आजगानी गरेका छन् । बन्दको उल्लंघन गरेको भन्दै आक्रोशित जनतमका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको उक्त नम्बरको ट्रकमा आगजानी गरेका हुन् ।
जनमत पार्टीका कार्यकर्तारुले अहिलेसम्म १० भन्दा बढी ट्रक तथा बसहरुमा आगजानी र तोडफोड गरिसकेका छन् । लगभग एकदर्जन सवारी साधनमा गरको आजगानी र तोफोडले करोडौंको बीमा दाबी पर्ने देखिएको छ ।

 

सिरहाको एक गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएका हुन् । पुष ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए । वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरुले जथाभावी गहुँको बीउ लुटेर लगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*