सूर्या लाइफका कमल घिमिरेले एक घण्टामै गरे एमडिआरटीको लक्ष्य पूरा

१९ पुष २०७८, सोमबार १२:३३

काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै मिलिनियर डोलर राउण्ड टेवल (एमडिआरटी) को लागि प्रथम बीमा शूल्कको तार्गेट पुरा गर्न सफल भएका छन् ।

एजेन्सी म्यानेजर घिमिरेले सन् २०२३ को लागि सन् २०२२ को पहिलो पहिलो कारोबार दिनमा नै उक्त तार्गेट पुरएका हुन् । सन् २०२३ को एमडिआरटीका उपाधिको हकदार बन्नका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ, तर उनले पहिलो कारोबार दिनको पहिलो घण्टामा नै पुरा गरेका हुन् ।

उनले पहिलो दिनमै ३८ लाख भन्दा बढी प्रबिसको व्यवसाय ल्याएको कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*