नेपाल एसबिआई बैंकको वार्षिक साधारण सभा भोलि, के–के छन् एजेण्डा ?

१९ पुष २०७८, सोमबार १२:२४

काठमाडौं । नेपाल एसबिआइ बैंकको २८ औं वार्षिक साधारण सभा भोलि (पुस २० गते) बस्दैछ । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ प्रतिशत दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारितका लागि साथै आर्थिक वर्षको २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*