सूर्या लाइफद्धारा २० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

१९ पुष २०७८, सोमबार ११:३२

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रिय कार्यालयले पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्णबहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरेको हो ।

बीमित थापाले १० लाख बीमाङको बीमा लिएको ६ महिना नबित्दै सडक दुर्घटनाबाट उनको मृत्यु भएको थियो । सो पश्चात कम्पनीले बीमाङ वापतको १० लाख, दुर्घटना सुविधा बापत १० लाख र बोनस वापत ४८ हजार गरी कुल २० लाख ४८ हजार रकम बीमितको इच्छाएको ब्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीको बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले चेक गंगालाई हस्तान्तरण गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*