ग्लोबल आइएमई बैंक १६औं वर्षमा प्रवेश

१९ पुष २०७८, सोमबार ११:२८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले सो अवसरमा बैंकमा कार्यरत कर्मचारीलाई सम्मान गर्दै १५औं वार्षिकोत्सव मनाएको छ ।

उक्त अवसरमा काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको थियो । साथै अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर सेवारत ४९ जना कर्मचारीलाई समेत सम्मान गरेका थिए ।

बैंकले आफ्नो स्थापनाको १५ औं वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले सो क्रममा निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो ।

बैंकले ७६ जिल्लामा रहेका आफ्ना २७८ शाखा, २३६ शाखारहित बैकिङ सेवा, २५२ एटीएम, ४८ एक्सटेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत् उत्कृष्ट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*