मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

१९ पुष २०७८, सोमबार १०:५७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८ हजार ६३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता र मन्दिरा शाहको नाममा रहृेको ९५ हजार ८१९ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खदिर गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय राईजिङ मल कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाइ बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*