कुमारी बैंकको ७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१९ पुष २०७८, सोमबार १०:४०

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार १०३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी रिता श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाल काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*