मानुषी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

१९ पुष २०७८, सोमबार १०:२५

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मधयेको ३ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित बिक्रीमा ल्याएको उक्त शेयरमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले उक्त शेयरको न्यूतम मूल्य ६०५ रुपैयाँ तोकेको छ । जसअनुसार इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गुर्नपर्नेछ । उक्त शेयरमा आज (पुष १९ गते) देखि पुष २८ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले कम्पनीको केन्द्रिय कार्यालय वा शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*