नेप्सेमा ६ कम्पनीको शेयरमूल्य समायोजन

१९ पुष २०७८, सोमबार १०:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, सेन्चुरी बैंक, प्रोगेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी ६ कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंकको २१ दशमलव ३८ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य ३९८ दशमलव ७५ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य ४८४ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले सेन्चुरी कमर्सियल बैंकको ५ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात शेयरमूल्य .२२६ रुपैयाँ तोकेको छ । नेप्सेले अघिल्लो दिन कायम २३९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछिको मूल्य ३३१ रुपैयाँ ६८ पैसा तोकेको छ । अघिल्लो दिन कायम ३५४ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेप्सेले मिथिला लघुवित्तको २५ प्रतिशत बोनस शेयरको समायोजन पश्चात शेयरमूल्य १५६७ रुपैयाँ २० पैसा कायम गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन कायम. १ हजार ९५९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

त्यसैगरी, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य १२९५ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य १५५५ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले, कालिका पावरको १५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य ४५० रुपैयाँ ४३ पैसा तोकेको छ । नेप्सेले अघिल्लो दिन कायम ५१८ रुपैयाँका आधारमा उक्त कम्पनीको शेयरमूल्य समायोजन गरेहो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*