बैंकमा तरलताको हाहाकार झन बढ्दै, तत्काल ३०० अर्बको खोजीमा बैंकर

१९ पुष २०७८, सोमबार ०७:४५

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या तत्काल हल नहुने भएको छ । आगामी माघ महिनामा पनि तरलता समस्या समाधान हुने छाँटकाट नदेखिएको केन्द्रीय बैंक सम्बद्ध स्रोत बताउँछ । बरु बैंकिङ प्रणालीबाट ठूलो रकम राज्यकोषमा कर बापत जम्मा हुने हुँदा चरम हाहाकारको अवस्था आउने देखिएको छ ।

पुस मसान्तसम्ममा भ्याट र अग्रिम आयकर बापत झण्डै १०० अर्ब रुपैयाँ राज्यकोषको ढुकुटीमा जम्मा हुँदा बैंकमा उत्पन्न तरलता समस्या आलो घाउमा नुन छर्के झै हुने बैंकरहरुको दावी छ । बैंकहरुले केन्द्रीय बैंकसँग लिएको सापटी स्थायी तरलता सुविधा लगायतको रकम पुस मसान्तभित्रैमा १५६ अर्ब रुपैयाँ बुझाउनु पर्ने दवावमा रहेका बैंकहरु पुस मसान्तभित्रैमा गत वर्ष लिएको पुनकर्जा बापत ३२ अर्ब रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्ने दवावमा छन् ।

एक बैंकरका अनुसार हालसम्मकै जटिल अवस्था पुस मसान्तमा आउनसक्ने चेतावनी दिएका छन् । समग्रमा बैंकहरुले करिब ३०० रुपैयाँ पुस मसान्तभित्रैमा जोहो गर्नुपर्ने भएकोले तनाव बढेको हो ।

पुँजिगत खर्चमा सुधार नभएकोले तत्काल बैंकमा धेरै रकम जम्मा हुने छैन । यसअघि केन्द्रीय बैंकले बनाएको नयाँ व्यवस्था अनुसार स्थानीय तहमा जाने रकम तरलतामा गणना गर्ने सुविधाले सामान्य रकम बृद्धि भएपनि तत्कालको हाहाकार टार्न पर्याप्त नहुने केन्द्रीय बैंक स्रोतले स्वीकार गरेको छ ।

बैंकहरुले दुई महिना अघिदेखि स्वीकृत गरेर राखेको कर्जाको लागि केही रकम दिनैपर्ने दवावमा रहेका बैंकहरुले त्यसको लागि समेत थप रकम जोहो गर्नुपर्ने भएकोले बैंकहरु थप समस्यामा पर्ने देखिएको छ । नेपाली बैंकिङ प्रणालीमा गत कार्तिकदेखि तरलता समस्या झेल्दै आएको छ । सबैभन्दा बढि समस्यामा नेपाल इन्मेष्टमेन्ट बैंक, कृषि विकास बैंक ग्लोबल आईएमई बैंक लगायतका बैंकहरु पर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*