एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न

१८ पुष २०७८, आईतवार १८:३८

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कृषि तथा पशुपंछी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ। पुस १५ गते देखी नेपालगन्जमा शुरु भएको थियो । तालिममा बिभिन्न जिल्लाका गरी २२ जना को सहभागीता रहेको थियो ।

बीमा कम्पनीहरुको नियामक निकाय  बीमा समितिले २०७८ माघ १ गते देखी अनिवार्य रुपमा कृषि तथा पशुपंछी बीमा क्षतिमुल्यांकन कर्ता खटाउनु पर्ने निर्देशीका जारी गरे पछि एनएलजी ईन्स्योरेन्स कम्पनीले नेपालगन्जमा तालिमको आयोजना गरेको हो।  तालिममा बीमा समिती बाट सहायक निर्देशक कुसुम शर्मा , कृषि बिभाग बाट राजेन्द्र प्रसाद प्रधान , बीमा कम्पनीको तर्फ बाट समिर कुमार श्रेष्ठ र शवेरा कार्कीले प्रशिक्षण दिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*