दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने सोमबार अर्थात आज अन्तिम दिन हो ।
सिभिल बैंक
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।
रिलायन्स फाइनान्स
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।