२६ प्रतिशत लाभांश प्रस्ताव पारित सहित साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न

१८ पुष २०७८, आईतवार १७:४८

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं साधारण सभा आइतबार नेपाल प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंमा सम्पन्न भएको छ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको गत आर्थिक वर्षमा कुल सम्पत्ति २६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ४ गतेसम्म कायम शेयरधनीहरुलाई मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*