सन् २०२२ को पहिलो दिन : नेप्सेमा उत्साह, ४ अर्बमाथिको शेयर कारोबार

१८ पुष २०७८, आईतवार १५:२८

काठमाडौं । सन् २०२२ को पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ। सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज हिमालयन डिस्टिलरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४४ करोड ९४ लाख २ हजार ५९१ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको २९ करोड ७० लाख, शिवम् सिमेन्ट्सको २३ करोड ४९ लाख, नेपाल बैंगलादेश बैंकको १८ करोड ९२ लाख र अपि पावर कम्पनीको १७ करोड ३७ लाख भन्दा माथिको कारोबार भएको छ ।आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५।०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३।५४ तथा विकास बैंक समुह ३।४२ प्रतिशतले बढेको छ ।आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५।१२ प्रतिशतले घटेको छ ।

सरकारले पुसभित्र ३० प्रतिशत बिन्दुले विनियोजित बजेट खर्च गर्न निर्देशन दिए पनि त्यसको प्रभाव कस्तो छ हेर्नुपर्ने हुन्छ । अर्कोतिर धेरै कम्पनीहरूको मूल्य समायोजनका कारण सेयर मूल्य प्रभावित हुने र त्यसले बजारलाई पनि असर पुर्याउन सक्छ ।

तर, कतिपय कम्पनीको मूल्य समायोजनपछि उच्च वृद्धि रहने कारणले त्यसको जोखिम कम पर्ने पनि देखिन्छ । जस्तै मूल्य समायोजन भएपछिको पहिलो कारोबार दिनमा हिमालय डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले नै बढेर बजार बन्द भएको छ । बुक क्लोजपछि प्रतिकित्ता ३९०० रुपैयाँ रहेको हिमालयनको सेयर मूल्य कारोबारको पहिलो दिन आइतबार ४३१८ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*