दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

१८ पुष २०७८, आईतवार १५:२९

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । नयाँ वर्ष २०२२ को सुरुवातमा बजार खुलेको पहिलो दिनमा नै नेप्से ६० अंकले बढेको छ ।

लगानीकर्ताहरुमा नयाँ वर्षमा शेयर मार्केटको ग्रोथले नयाँ उत्साह थपिएको छ । नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा आज ४ अर्बमा थिको कारोबार हुन पुगेको छ ।

सोही अंकले नेप्से बढ्दा आज हिमालयन डिस्टिलरी र मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत अंक, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.७० प्रतिशत अंक र किसान लघुवित्तको ७.३८ प्रतिशत अंकले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*