एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१८ पुष २०७८, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आज पूँजी बजारमा सूचिकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ६० अंकले बृद्धि भएको छ । कारोबारको अन्तिम दिन बुधबार ५ अंकले घटेर बन्द भएको नेप्से आज २.३९ प्रतिशतले बृद्धि हुन पुगेको छ । ४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ ।

कम्पनीको आज एकैदिन ४४ करोड ९४ लाख २ हजार ५९१ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको २९ करोड ७० लाख, शिवम् सिमेन्ट्सको २३ करोड ४९ लाख, नेपाल बैंगलादेश बैंकको १८ करोड ९२ लाख र अपि पावर कम्पनीको १७ करोड ३७ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*