नेपाल एसबिआई बैंकका संचालक बालकृष्ण श्रेष्ठको राजिनामा स्वीकृत
१८ पुष २०७८, आईतवार ११:५४
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक बालकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक श्रेष्ठले सो पदबाट पुष १५ गतेबाट लागूहुनेगरी दिएको राजिनामा पुष १६ गते स्वीकृत भएको हो ।