गणेश प्रोपर्टिजको शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स

१८ पुष २०७८, आईतवार ११:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले गणेश प्रोपर्टिज एण्ड डेभलपमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्ने पाउने गरी लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथैं, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*