सिद्धार्थ बैंकको बीसौं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

१८ पुष २०७८, आईतवार ११:२८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बीसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ३० गते शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १० अर्ब ९६ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले गत वैशाख १४ गते सम्पन्न संचालक समितिको बैठकले स्वतन्त्र संचालक पदमा ४ वर्षका लागि मिना संैजुलाई नियुृक्त गरेकोमो सो नियुक्तिलाई अनुमोदन गर्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाम्भे, गाभिने वा मर्जरमा जाने विषय अनुमोदन गरि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सभाको प्रस्ताव रहेको छ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात वा नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तनका विवरण अनुसूचीहरुमाथि छलफल गरि पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) पुष १८ गते एकदिन गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*