गोर्खाज फाइनान्सको संचालक प्रद्युम्न कुमार भट्टराईको राजिनामा स्वीकृत
१८ पुष २०७८, आईतवार ११:०४
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक प्रद्युम्न कुमार भट्टराईले राजिनामा दिएका छन् ।
भट्टराइले आफ्नो ब्यक्तिगत कारण देखाई मंसिर २२ गते संचालक समितिको सदस्य पदबाट दिएको राजिनामा संचालक समितिको पुष १६ गते बसेको बैठकले सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।