तीन बन्द रहेको शेयरबजार आज खुल्दै

१८ पुष २०७८, आईतवार १०:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज तीन दिनपछि खुल्दैछ । बिहिबार सार्वजनिक बिदा परेको कारण बिहिबार, शुक्रबार र शनिबार धितोपत्र दोस्रो बजार बन्द रहेको थियो ।

बुधबार ५.५१ अंकमा बन्द भएको नेप्से तीन दिनपछि आज मार्केटको अवस्था के–कस्तो होला भन्ने लगानीकर्ताहरुमा कौतुहलता पैदा भएको छ ।

साथै आज नेप्सेमा आँधीखोला लघुवित्त, सेन्ट्रल फाइनान्स, आरएमडिसी लघुवित्त र सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ भने प्रोगेसिभ फाइनान्स, मिथिला लघुवित्त, कालिका पावर, मिर्मिरे लघुवित्त र सेन्चुरी कमर्सियल बैंक गरी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*