समृद्धि फाइनान्सको हकप्रद शेयर माघ ५ गतेदेखि निष्काशन, क–कसले दिन पाउछन् आवेदन ?

१८ पुष २०७८, आईतवार १०:११

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको छ ।

कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट पारित २ः१ (अर्थात् २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा सेबोनबाट स्वीकृति प्राप्त भएको हो ।

सोही अनुसार कम्पनीले पुष ११ गते नै बुकक्लोज गरिसकेको थियो । जसअुनसार पुष १० गतेसम्म आधारभूत शेयरधनी र संचालकहरुले २ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

आधारभूत शेयरधनी (कायम चुक्तापूँजी ५४ लाख ५९ हजार ४०९ कित्ता शेयर संख्याको  १ प्रतिशतले हुन आउने कित्ता शेयर वा सो भन्दा बढी शेयर लिएका शेयरधनी)हरुले अर्थात् संचालकहरुले माघ ५ गतेदेखि १२ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

आधारभूत शेयरधनीहरुले पुतलीसडक खाता रहेको ‘एसएफसिएल राइट शेयर २०२१’ खाता नामक बैंक खाता नं. ९१६०५०१४८ मा रकम जम्मा गरी अर्थात् बिक्री प्रबन्धक बिओके क्यापिटल समक्ष सम्पर्क राखि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*