नेप्सेमा चार कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

१८ पुष २०७८, आईतवार ०९:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स, आरएमडिडि लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी चारै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आँधीखोला लघुवित्तले १९ प्रतिशत, सेन्ट्रल फाइनान्सले ७.७० प्रतिशत, आरएमडिसि लघुवित्तले २० प्रतिशत र सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै चार कम्पनीको शेयरमूल्य आज नेप्समा समायोजन भएको हो ।

आँधीखोलाको अघिल्लो दिन कायम ४६५ रुपैयाँ, सेन्ट्रल फाइनान्सको ४११ रुपैयाँ ५० पैसा, आरएमडिसिको १३७२ रुपैयाँ र सिद्धार्थ बैंकको ४६४ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ३९० रुपैयाँ ७६ पैसा, ३८२ रुपैयाँ ८ पैसा, ११४३ रुपैयाँ ३३ पैसा र ४०६ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*