अमेरिकाको न्यूयोर्कमा स्टेजमै यसरी कुटिए चर्चित गायक राजेश पायल राई, गीत गाइरहेकै अवस्थामा घाँटी अठ्याउँदै लछार पछार (भिडियोसहित)

१७ पुष २०७८, शनिबार २३:०७

काठमाडौं । चर्चित गायक राजेश पायल राईलाई अमेरिकाको एक स्टेज कार्यक्रममा गित गाइरहेकै समयमा स्टेजमै कुटपिट गरिएको छ । नयाँ वर्षको अवसरमा डिसेम्वर ३१ गते शुक्रबार नेपाली समय अनुसार आज विहान अमेरिकाको न्यूयोर्कमा आयोजित सांगितिक कार्यक्रममा गायक राई दर्शकबाट कुटपिटको सिकार भएका हुन् । उनलाई पछाडिबाट एक युवकले घाँटी अठ्याउैदै कुटपिट गरेका छन् ।

बुद्ध ट्याक्स एकाउन्टिङ संस्थापक पशुपति श्रेष्ठको आयोजनामा क्वीन्स प्लेसहलमा आयोजित कार्यक्रममा राईमाथि सांघातिक हमला भएको आयोजकले पुष्टि गरेका छन् । सो सम्बन्धमा थप विवरणहरु प्राप्त हुन बाँकी छ ।

न्यूयोर्क शहरमा नेपालहरुद्धारा आयोजित एक भव्य कार्यक्रममा उनलाई एक जना दर्शकले घाँटी अठ्याउँदै कुटपिट गरेको भिडियो युट्युव लगायतमा भाइरल बनिरहेको छ । त्यसरी कुटपिट गर्ने व्यक्तिको परिचय खुलाइएको छैन । सो कार्यक्रममा सहभागी भएका एक नेपालीले दिएको जानकारी अनुसार गायक राईले स्टेजमा गाइरहँदा मदिरामा मस्त ति दर्शकले कार्यक्रमस्थलमा हो–हल्ला गरिरहेका थिए । टिकट काटेर कार्यक्रम हेर्र्न गएका ति युवाले आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेर गित गाइरहेको राईको घाँटी समाप्न पुगेका थिए । पछाडिबाट आएर घाँटी समातेकोले गायक राइले चाल पाएका थिएनन् ।

काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण जनआस्था डटकमले पनि अमेरिकामा शुक्रबार भएको सो घटनाको भिडियो सहितको सामग्री प्रकाशन गरेको छ ।

भिडियो सौजन्य जनआस्था

गायक राई ‘अञ्जानमा भूल भयो कि’ गीत गाइरहेका बेला उनिमाथि कुटपिट भएको थियो । कार्यक्रममै राईले अगाडिबाट आएको भए आफू लड्न तयार रहेको भन्दै कुटपिट गर्ने व्यक्तिको आलोचना गरेका छन् । कोट लगाएर गित गाइरहेका राईले त्यसपछि कोट फुकालेर गित गाएका थिए । नयाँ वर्षमा आयोजित सांगितिक कार्यक्रममा गित गाउँनकै लागि अमेरिका पुगेका राईले दर्शकबाट आक्रमणमा परेपछि प्रतिक्रिया दिँदै भने, ‘राजेश पायल राई न कहिले हार्न जान्दछ, न कहिले भाग्न जान्दछ, किनकि राजेश पायल राई त्यो देशबाट आएको छ, जुन देशको माटो छुँदा स्वर्ग पुगेको अनुभव हुन्छ, त्यो देश हो बुद्धको देश नेपाल ।’

अमेरिकामा आयोजित कार्यक्रममा स्टेजमै चर्र्चित गायक राई कुटिएको घटनाको विश्वभर नै निन्दा भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*