पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ पुष २०७८, आईतवार ०७:३४

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ।

प्रोग्रेशिभ फाइनान्स

प्रोग्रेशिभ फाइनान्स कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते दिउँसो १ बजे ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर वडा न ९ ललितपुरमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था

मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ धनुषामा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

कालिका पावर कम्पनी

कालिका पावर कम्पनी साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टड कार्यालय भरतपुर १० चितवनमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल काभ्रेपलाञ्चोक बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

सेन्चुरी कमर्सियल बैंक

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पातिरका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*