गोरख शम्सेर राणा स्टाडर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा नियुक्त

१७ पुष २०७८, शनिबार ११:२९

काठमाडौं ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले २०२२ जनवरी १ अर्थात (आज) देखिलागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो।

राणासँग बैंकिङ क्षेत्रको २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र नियामक फोरममा स्ट्यान्डर्ड चार्टर्डको प्रतिनिधित्व गर्दैका छन्। स्व. राजा वीरेन्द्रका ज्वाई राणा तत्कालिन अधिराज कुमारी श्रुतीसँग विवाह गर्नु अघि देखि नै स्टाण्डर्ड चार्टर्ड बैंकमा जागिरे थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*