सिद्धार्थ बैंक र नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता

१७ पुष २०७८, शनिबार ११:३१

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुरुप सिद्धार्थ बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*