सिबिफिनद्धारा राष्ट्र बैंकलाई १२ बुँदे सुझाव

१६ पुष २०७८, शुक्रबार १७:५३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संगठन ‘बैंक तथा वित्तीय सँस्था परिसंघ नेपार्ल सिबिफिन’ ले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बैंक वित्तीय सँस्थाहरुको अवस्था, उनीहरुको भूमिका, कार्यक्षेत्र, योगदान, समस्या एवम चुनौती सहितका बिषयहरु उल्लेख रहेको सिबिफिनले जनाएको छ।

सबिफिनले आफ्नो प्रस्तावना र उद्देश्य बमोजिम गुणस्तरीय, विश्वासिलो एवं सर्वसुलभ बैकिङ सेवाको विस्तार, संभावना देखिएका क्षेत्रहरुमा लगानी विस्तार, युवा तथा नव उद्यमी एवं व्यवसायीहरुको उत्पादन, रोजगारी सृजनासहित आर्थिक गतिविधिहरुलाई चलायमान बनाउनको लागि र दिगो एवं फराकिलो आर्थिक विकासमार्फत समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउनका लागि नियामक निकाय र सरोकारवाला पक्षहरुसँग निरन्तर सहकार्य तथा समन्वय गर्दै आइरहेको छ ।

यसै शिलशिलामा नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गर्नको लागि सिबिफिन कार्यसमितिका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमार्फत सुझावसहितको अध्ययन प्रतिवेदन, ०७८ तयार गरेको छ । नेपालका वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको परामर्श, बैंक तथा वित्तीय संस्थाहरु एवं यस क्षेत्रका लगानीकर्ताहरुको रायसुझावहरुको आधारमा तयार गरिएको यस अध्ययन प्रतिवेदन मिति २०७८ पौष १३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेश गरिसकिएको सिबिफिनले जनाएको छ।

नेपालको आधुनिक बैंकिङ विकास, बैंक तथा वित्तीय संस्थाहरुको भूमिका, योगदान र औचित्य, बैंक तथा वित्तीय क्षेत्रले व्यहोरेका समस्या एवं चूनौति र समाधानका लागि सुझाइएका उपायहरुका वारेमा जानकारी र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय लिन सहयोगी र उपयोगी हुने ठानी उक्त प्रतिवेदन आदरणीय पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरेका छौं ।
समग्र बैंक तथा वित्तीय क्षेत्रको विकास, विस्तार एवं सुधार, अर्थतन्त्रको सवलीकरण र समग्र पेशा एवं व्यवसायसहित आम जनजीविकाको स्तरोन्नतिका लागि नियामक निकाय, सरोकारवाला पक्ष र आम संचार जगतसँगको समन्वय तथा सहकार्यमा सिबिफिनले यी र यस्तै किसिमका अध्ययन एवं अनुसन्धानमार्फत आथिृक समृद्धि र रुपान्तरणका कार्यहरुलाई निरन्तररुपमा जारी राख्ने व्यहोरा समेत जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*