स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१६ पुष २०७८, शुक्रबार १६:२२

काठमाडौं ।  स्वावलम्बन लघुवित्तको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको हो।

संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*