म्याग्दीमा स्वास्थ्य बीमामा बीमितको आकर्षण बढ्दै, २४ हजार जना स्वास्थ्य बीमामा आवद्ध

१६ पुष २०७८, शुक्रबार १२:५८

काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमामा म्याग्दीका स्थानीयहरुको आकर्षण बढ्दै गएको देखिन्छ । म्याग्दीमा स्वास्थ्य बीमामा २४ हजार ६२३ जना आवद्ध भएका छन् ।सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गरउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति बमोजिम २०७३ पुस १३ गतेदेखि लागु भएको स्वास्थ्य बीमामा म्याग्दमिा उक्त संख्याले बीमा गरेका हुन ।

९ हजार ५४ परिवार बीमामा आवद्ध भएका छन् । अहिले म्याग्दीमा ४ हजार ३७४ जना जेष्ठ नागरिक, २४ जना एचआइएभी संक्रमित र ८१ जना अशक्त अपाङगले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड म्याग्दीले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा कुल बीमाको ७३ प्रतिशत बीमित बीमा नविकरण गरेका छन् ।

५ जनासम्मको परिवारलाई ३ हजार ५ सय शूल्क तिरेर स्वास्थ्य बीमा गरेपछि प्रतिपरिवारले वार्षिक एक लाख बरारबरको निःशूल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने सक्ने प्रावधान रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*