गणपति लघुवित्तको साधारण सभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१६ पुष २०७८, शुक्रबार ११:५४

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा भोलि (पुस १७ गते) बस्दैछ । सभा बिहान ११ बजे हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुलेगौंडा तनहुँमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तैगरी, सभाले लघुवित्तको वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नेका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखी पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*