सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सहित चार कर्मचारी बैंक घोटाला प्रकरणमा प्रकाउ

१६ पुष २०७८, शुक्रबार ११:२७

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जना कर्मचारी पक्राउमा परेका छन् । करिब १६ करोड रुपैयाँ घोटाला भएको आरोपमा प्रहरीले बैंकका सिइओ नबीन सुवेदी, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको हो ।प्रहरीले यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराईलाई बैंकको रकम अनियमितता भएको आरोपमा पक्राउ गरेको थियो ।

बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ हिनामिना भएको आरोपमा ४ जनालाई प्रक्राउ गरेको हो । साथै चारै जनालाई बैंक कसूर अन्तर्गत अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए ।

बैंकबाट गायब रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएकाले सिइओलाई नियन्त्रणमा लिएको हो ।
सिइओ सुवेदीको ठूलो बुवाकी छोरी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको थियो भने उनकी भाउजु भगवती सुवेदीको बचत खातामा समेत विभिन्न मितिमा रकम जम्मा गरिएको देखिएको कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*