भर्चुअल माध्यमबाट सभामा सहभागी हुन घलेम्दी हाइड्रोपावरको आग्रह

१६ पुष २०७८, शुक्रबार ११:१६

काठमाडौं । घलेम्दी हाइड्रोपावरले ८ वार्षिक साधारण सभा आज हुँदैछ । सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बस्दैछ । कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।

सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।
पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । कम्पनीले लगानीकर्तालाई भर्चुअल माध्यमबाट सभामा सहभागी हुन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*