सानिमा बैंकले ल्यायो ‘नयाँ वर्ष धमाका’ योजना, बाली भ्रमण देखि आइफोन १३ जित्ने मौका

१५ पुष २०७८, बिहीबार १४:५६

काठमाडौं । सानिमा बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले सजिलो ई–बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । साथै उक्त योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन १३ र २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलोपटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन सय रुपैयाँसम्म क्यासब्याक पनि प्राप्त गर्नेछन् । बैंकले जनवरी १ देखि मार्च ३१ सम्म लागू हुने गरि ल्याएको उक्त योजनामा सहभागी हुनका लागि ग्राहकले सानिमा बैंकको मोबाइल बैकिङ एप ‘सानिमा सजिलो ई–बैकिङ’ प्रयोग गरी ३ महिनामा कम्तिमा १५ वटा कारोबार गर्नुपर्नेछ ।

बैंकले मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा उक्त योजना संचालमा ल्याउन लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*