रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा

१५ पुष २०७८, बिहीबार १५:५२

काठमाडौं । रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ। सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । प्रस्तावित बोनस सेयरपछि कायम हुने पुँजी अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि सम्बन्धी प्रस्ताव पनि अगाडि बढाईने भएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*