सिभिल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

१५ पुष २०७८, बिहीबार १७:२२

काठमाडौं । सिभिल बैंकले १० वर्षे अवधिको ऋणपत्र पुस १४ गते बाँडफाँट सम्पन्न भएको छ । बैंकले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये सामूहिक लगानी कोषका लागि समेत १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरेको हो । ऋणपत्र विक्री प्रबन्धकको लक्ष्मी क्यापिटल मार्केटले पुरा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*