राष्ट्र बैंकले २८ करोड रुपैयाँ बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने, कुनमा कति गर्दै ?

१५ पुष २०७८, बिहीबार १२:५५

राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १८ गते दिउँसो २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ४ करोड २० रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ लगानी गर्न लागेको आज एक सूचना जारी गर्दै जानरकाी दिएको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था संचालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*