थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१४ पुष २०७८, बुधबार १७:२४

काठमाडौं । बुधबार देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४३३ जनामा पीसीआर र १ हजार १७५ जनामा एन्टिजेन परीक्षण गरीएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आज २ जना संक्रमितको मृत्यु भएको छ भने २५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ८६४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*