सन नेपाल लाइफको बीमा जागरण अभियान संचालन कार्यक्रम सम्पन्न

१४ पुष २०७८, बुधबार १४:३९

सन नेपाल लाइफ इन्स्योरेन्सले आफनो विभिन्न पाँच शाखा कार्यालयमा बीमा जागरण अभियान संचालन गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कम्पनीको सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*