मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट,कतिमा हुँदैछ कारोबार ?

१४ पुष २०७८, बुधबार १४:२१

शेयर बजारमा कारोबार आएको चौथो दिन आज पनि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशालव ९९ प्रतिशतका दरले मूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४६ रुपैयाँ ४० पैसा पुगेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १० लाख बढी कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा गत आइतवारदेखि कारोबारमा आएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*