एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१४ पुष २०७८, बुधबार १५:०६

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको हो ।

नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयााँको कारोबार भएको छ ।

आज नेप्सेमा सामान्य सुधार आउँदा सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन ५२ करोड २२ लाख ८० हजार ५०४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ४७ करोड ७१ लाख, मन्जुश्री फाइनान्सको २२ करोड ३१ लाख, नेपाल बंगलादेश बैंकको २० करोड ६३ लाख र शिवम् सिमेन्ट्सको १२ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*