सुर्खेतमा आइएमई लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धि तालिम सम्पन्न

१४ पुष २०७८, बुधबार १२:०६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण (एएमएल।सीएफटी) सम्बन्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा सम्पन्न गरेको हो ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ भन्ने जस्ता कुराहरुको जानकारी दिएको थियो ।

साथै वित्तीय जोखिमाकांकको चरण, कम्पनीको भूमिका, कारोबारमा विशेष ध्यान दिनुपर्ने, काराबाही तथा सजाय जस्ता विषयमा समेत प्रमुख सुदिप राणाबाट विस्तृत जानकारी दिइएको थियो ।

कम्पनीले पुष ७ गतेदेखि ९ गतेसम्म दिएको उक्त तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, हेट एजेन्सि बिजनेस कर्मराज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाधन विभाग प्रमुख मनोज चौधरीलगायको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*