नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

१४ पुष २०७८, बुधबार ११:१६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले हिमालयन बैंक लिमिटेडसँग एकआपसमा गाभ्ने गाभिने (मर्जर)मा जाने विशेष प्रस्ताव पारित गर्नेछ । साथै दुवै बैंकको चल–अचल सम्पत्ति तथा दायित्तव मूल्यांक तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर स्वाप रेसियो १ बराबर १ हुने गरि एक आपसमा गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, दुवै बैंकको चल अचल सम्पत्ति मूल्यांकन गर्न नियुक्त गरेको लेखापरीक्षक मूल्यांकनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुष २५ गते एक दिन शेयर दाखिला खारेज किताब दर्ता बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार पुष २४ गतेसम्म कायम शेयरधनीहरुमात्र उक्त विशेष साधारण सभा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*