५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ पुष २०७८, बुधबार १०:५६

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार रहेको हो ।

मञ्जुश्री फाइनान्स
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनश शेयर र ६ दशमलव नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चिलिमे जलविद्युत कम्पनी
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

इन्फिनीटी लघुवित्त वित्तीय संस्था
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेसक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमवल ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित गर्ने कार्य सूचि रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी गैडाकोट नवलपरासीमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

समीट लघुवित्त

समीट लघुवित्तले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते देखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५.२८ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले तेह्रौं वार्षिक साधारण सभा पुस २४ गते बिहान १० बजे आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा बस्नेगरी आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*