नेपाल लाइफ इन्स्योरेन्स प्रदेश नं.२ का प्रमुख दशरथ झाद्धारा मुत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

१३ पुष २०७८, मंगलवार १५:१७

सर्लाही । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई दुई लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ ।

लालवन्दी नगरपालिका वडा नं. ११ निवासी बीमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई दुई लाख ६५ हजार हस्तान्तरण गरेको लालवन्दी उप–शाखाका निमित्त प्रमुख राजेश अधिकारीले बताए ।

एक कार्यक्रमका बीचमा मृत्यु दाबी भुक्तानी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं.–२ का प्रमुख दशरथ झाले मृतकको आमा परमिला देवी साह कमलमापुरीलाई चेक हस्तान्तरण गरेका हुन् । सो बीमा वापतको रकम बुझेपछि मृतकको आमा परमिला देवी साह कमलमापुरीेले आफ्नो छोराले भविष्यका लागि साँचेर बीमा गरेकोले हाल राहत पाएको बताईन् । आमा परमिला देवी साह कमलमापुरीले भने छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बीमा रकमले सहयोग पुगेको बताईन् ।

उनले छोराको मृत्यु भएपछि आफूलाई पिर लागेको बताईन् । तर बेलैमा बीमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । बीमा बापतको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बीमा वापतको रकम तुरुन्त पाएको मृतकका आमा परमिला देवी साह कमलमापुरले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*