देशैभरि भव्य रुपमा मनाइयो ख्रीष्टमस

१३ पुष २०७८, मंगलवार १४:५२

काठमाडौं । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा देशैभरि मनाइएको छ । यही पुस १० गते शनिबार विश्वभरका इसाइहरुले ख्रीष्टमसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको थियो ।

नेपालमा पनि पछिल्लो समय ख्रीष्टमसको अवसरमा विविध कार्यक्रम गरी मनाउने प्रचलन बढिहरेको छ । यस वर्षको ख्रीष्टमसमा पनि देशैभरि ख्रीष्टमस इभमा दीप प्रज्वलन गर्दै मनाइएको थियो । ख्रीष्टियन धर्मावलम्बीहरुको विशेष दिन ख्रीष्ट येशु जन्मनु भएको दिन डिसेम्वर २५ मा सदियौंदेखि ख्रीष्टमस मनाइदै आएको छ ।

ललितपुरको ताल्चिखेलस्थित २०५३ साल असारमा स्थापित अनन्त जीवन चर्च नेपालले पनि यस वर्ष ख्रीष्टमसको अवसरमा विविध कार्यक्रमसहित मनाएको छ । येशु ख्रीष्टको महिमाको गुनगान गाँउदै प्रत्येक वर्षझैं यस वर्ष पनि विविध कार्यक्रमका साथ भव्यताको रुपमा मनाएको सो चर्चले जनाएको छ ।

अनन्त जीवन चर्च नेपालमा आयोजित ख्रीष्टमस कार्यक्रममा नेवारी, तामाङ, शेर्पा, गुरुङ, थारु, राई जस्ता विभिन्न जातजातीहरुको पहिरन झल्काइएको थियो । साथै उक्त विभिन्न समुदायको भेषभुसालाई सम्मान गर्दै थुप्रै नृत्य, नाटक, गजल, भजन प्रस्तुत गरिएको थियो । यस किसिमको ख्रीष्टमस कार्यक्रम मनाउने प्रचलन एक नौलो र रोचक प्रचलन हो ।

ख्रीष्टियन धर्मावलम्बीहरुले उक्त दिनमा उपहार आदान–प्रदान, भजनहरु गाउँदै, नाचगान गर्दै र येशुको महिमा गर्दै हर्षोउल्लासका साथ मनाइएको हो । ‘येशु ख्रीष्ट आफैंमा एक उपहार हो अर्थात् यो परम्परा अरुप्रति देखाइने माया र सद्भाव हो’ भन्ने सन्देशसहित यस वर्षको ख्रीष्टमस पर्व मनाइएको अनन्त जीवन चर्च नेपालका रोशन ती.खत्रीले बताए ।

येशु ख्रीष्टको जन्म यरुसलेमको बेथ्लेहेम सहरमा एक गरिब गाईको गोठमा भएको थियो सोहि कुराको सम्झनालाई ताजा बनाउदै अनन्त जीवन चर्च नेपालले उक्त कार्यक्रममा एक गाई गोठको नमुना तयार पारेर ख्रीष्टमस कार्यक्रमलाई अझै नौलो पन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*