सन नेपाल लाइफ र नेपाल क्लियरिङ हाउसबीच एनपीआईमा आबद्ध

१३ पुष २०७८, मंगलवार १४:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच एनपीआईमा आबद्ध हुने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबार्ट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत कम्पनीले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछन्। एनपीआईमा जोडिएपछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्णस्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।

उक्त प्रणालीमार्फत कम्पनीले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*