नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा माघ ६ गते, ४५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ ६ गतेका लागि आह्वान गरेको छ । सभा बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० दशमलव बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै, सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्य सूचि रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २७ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस २६ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामाा भाग लिन पाउनेछन् ।