रिलायन्स लाइफको का.मु. सिइओको जिम्मेवारी निराजन कँडेललाई

१३ पुष २०७८, मंगलवार १०:५३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी निराजन कंडेलाई दिएको छ ।

कम्पनीको पुष ९ गते शुक्रबार सम्पन्न ९७ औं संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आजको मितिदेखि लागू हुने गरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई उक्त जिम्मेवारी दिइएको हो ।

बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत कँडेलले बीमाको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढ्ने विश्वास लिएको छ ।
कम्पनीका सिइओ प्रविणरमण पराजुलीको पदावधि हिजो सकिएपछि आजबाट कँडेललाई का.मु. सिइओ बनाइएको हो । निर्वतमान सिइओ पराजुली नेपाल लाइफमा डेपुटी सिइओ बन्ने तयारीमा छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*