कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता

१२ पुष २०७८, सोमबार १९:२७

काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि एवं उक्त क्षेत्रका स्थानीय मेयर राजेश राय यादव र उपमेयर रहिमा खातून एवं वडाका अध्यक्ष तथा जनप्रतिनिधि र स्थानीयहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका निर्देशक दिनेश लाल कर्णले करिब एक घण्टाको बीमा सम्बन्धि बीमा सम्बन्धी प्रस्तुती दिएको थियो ।

कार्यक्रममा मेयर यादवले बीमा क्षेत्र सबैलाई जरुरी भएको यस्तो कार्यक्रम अगाडि नै हुनुपर्ने बताएका थिए । उनले आगामी दिनमा बीमालाई स्थानीय कार्यक्रममा समेत जोडेर अगाडि बढाउने प्रतिवद्धता जनाएको छ। कार्यक्रममा स्थानीयले बीमा दाबी भुक्तानी समयमा नभएको कारण यस्मा ध्यान दिन बीमा समितिलाई आग्रह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*